काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले काम र परिणाममुखी राजनीतिकाे प्रतिबद्धतासहित निर्वाचनमा सहभागिता जनाए पनि यसपटक जनताको मत प्राप्त गर्न नसकेको बताएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेपछि उनले यसलाई प्राविधिक हारका रूपमा लिनुपर्ने बताएका हुन्। छोटो समयमै जनताबाट प्राप्त माया, विश्वास र समर्थनले आफूहरूलाई आगामी दिनमा अझ दृढ भएर अघि बढ्न प्रेरणा दिएको उनले उल्लेख गरेका छन्।

advertisement

घिसिङले परिवर्तनको अपेक्षासहित मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो जनसमर्थन दिएको पनि बताएका छन्। जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्दै देशमा सुशासन कायम गर्न उक्त पार्टी सफल होस् भन्ने शुभकामना उनले व्यक्त गरेका छन्।

उनले आगामी दिनमा सरकारले गर्ने सकारात्मक कार्यहरूमा समर्थन रहने र गलत निर्णय वा काम भएमा उज्यालो नेपाल पार्टीले सडक र जनस्तरबाट रचनात्मक रूपमा खबरदारी गर्ने स्पष्ट पारे।

निर्वाचन परिणामबाट निराश नहुने बताउँदै उनले उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त र संगठित रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com