काठमाडौं । पाकिस्तानले नेपालमा सम्पन्न आम निर्वाचनलाई सफल र लोकतान्त्रिक ढंगले सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएको छ।

नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक दारले एक सन्देशमार्फत नेपालको लोकतान्त्रिक प्रक्रिया सफल बनाउन भूमिका खेलेका नेपाली जनताप्रति प्रशंसा व्यक्त गरेका छन्।

advertisement

उपप्रधानमन्त्री दारले नेपालसँगको पारस्परिक भ्रातृभावपूर्ण सम्बन्धलाई उच्च प्राथमिकता दिने उल्लेख गर्दै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा उनले आगामी दिनमा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विकास गर्ने, साथै क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनका लागि संयुक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com