काठमाडाैं । रुकुम पश्चिमको सानाे भेरी नदीमा दुई जना बालिका मृत भेटिएका छन्।

‎जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरी पुनका अनुसार, मृत भेटिनेमा बाफिकोट गाउँपालिका- ३ का १२ वर्षीया कल्पना ओली र १४ वर्षीया उर्मिला ओली रहेका छन्।
उनीहरू दुवै जना एकै घरका दिदीबहिनी हुन् । ‎‎उनीहरु बाफिकाेट गाउँपालिका-३ काे भाम्लेस्थित सानाे भेरी नदीमा मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै  १२ वर्षीया सपना ओली अझै बेपत्ता रहेकाे उनले बताए । ‘उनकाे खाेजीकार्य भइरहेकाे छ,’उनले भने। ‎
उनीहरु साेमबार मुसिकाेट नगरपालिका-१ भलखाेलामा विवाह खान भन्दै घरबाट निस्किएका थिए ।
‘खाेला तर्दा बगेकाे हुन सक्ने अनुमान छ,’उनले भने,’ यद्यपि घटनाबारे अनुसन्धान पछि मात्र थाहा हाेला ।’

advertisement

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com