गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गरिएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

निर्वाचन ऐन, २०७४ को दफा ७२ र निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेश गरेका हुन्।

advertisement

उनीद्वारा पेश गरिएको विवरण अनुसार प्रचार–प्रसार र निर्वाचन व्यवस्थापनमा कुल २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च भएको छ।

खर्चको सबैभन्दा ठूलो भाग खाना तथा आवासमा ८ लाख ५० हजार रुपैयाँ रहेको छ।

त्यसपछि सम्पर्क कार्यालय स्थापना गर्न ५ लाख ८० हजार, स्टेसनरी र प्रचार सामग्री छपाइमा ४ लाख ५० हजार, विज्ञापन तथा सञ्चारमा १ लाख ७५ हजार ३३० र यातायातमा १ लाख रुपैयाँ खर्च भएको देखिन्छ।

निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछिको निश्चित समयभित्र आफ्नो खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ। ज्ञवालीले सोही नियम पालना गर्दै खर्च विवरण आयोगमा पेश गरेका हुन्।

ज्ञवाली गुल्मी क्षेत्र नम्बर-१ बाट एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थिए।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com