काठमाडौं । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४, पशुबजार नजिक प्रहरीले सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा–सुगौलीबाट खटिएको टोलीले जगरनाथपुरतर्फ जाँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा चालक प्रहरीलाई देख्नासाथ ट्याक्टर छोडेर फरार भएको थियो।

advertisement

प्रहरीले ट्याक्टर तलासी गर्दा २२ वटा प्लास्टिकको पोकामा रहेको करिब २१३ किलो गाँजा फेला पारी बरामद गरेको जनाएको छ।

हाल प्रहरीले फरार चालकको खोजी तीव्र रूपमा गर्दै यस घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com