काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ। रास्वपाले रुपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ।

जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्माचनमा कुल ६ लाख ७२ हजार ५२३ मतदाता कायम रहेका थिए।

advertisement

जसअन्तर्गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा ६५.४२ प्रतिशत अर्थात् चार लाख ३९ हजार ९७६ मत खसेको थियो।

समानुपातिकतर्फको मतगणनाअनुसार रास्वपा ले प्रत्यक्षभन्दा पाँच हजार ३२१ मत बढी हो। यो गणना भएको कुल मतको ५५ प्रतिशत हो। प्रत्यक्षतर्फ रास्वपाले पाँच वटै क्षेत्रबाट दुई लाख ३७ हजार ८१ मत पाएको छ।

यस्तै २०७९ मा समानुपातिकमा पहिलो दल बनेको नेकपा एमाले भने अहिलेको निर्वाचनमा तेस्रो स्थानमा पुगेको छ। एमालेले सम्पन्न निर्वाचनमा ५१ हजार ९४९ मत अर्थात् ११.७ प्रतिशत मतसहित तेस्रो स्थानमा पुगेको निर्वाचन आयोगको तथ्यांकमा देखिएको छ।

यस्तै अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने ५१ हजार ९४९ मत अर्थात् ११.८ प्रतिशत मत गरी यस पटक पनि दोस्रो स्थानमा रह्ययाे। यस पटक चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २८ हजार ३१२ मत अर्थात् ६.४ प्रतिशत मत पाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले ११ हजार ३४८ मत अर्थात् २.५ प्रतिशत मत पाएको छ। यस्तै रुपन्देहीबाट श्रम संस्कृति पार्टीले आठ हजार ३५६ मत, जनमत पार्टीले सात हजार २६३ मत, जसपा नेपालले छ हजार २६३ मत तथा नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५५ मत ल्याएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com