विराटनगर । सुनसरीको धरानमा पार्किङ गरेर राखिएका बसहरूमा आगलागी हुँदा तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ।

मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका बसहरूमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

advertisement

आगलागीमा तीन बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने तीन बसमा आंशिक क्षति पुगेको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

प्रहरीका अनुसार को १ ख ६२७४ नम्बरको कृष्ण बस, प्र.१–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायातको बस र बा ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

यस्तै को १ ख ३८४७ नम्बरको सुपर मादेन बस, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा भने आंशिक क्षति पुगेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बसभित्रको विद्युत् तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनामा कसैले जानाजानी आगजनी गरेको देखिने प्रमाण भने हालसम्म फेला नपरेको डीएसपी खड्काले बताए।

सीसीटीभी फुटेजमा पनि कुनै शंकास्पद गतिविधि नदेखिएको उनले जानकारी दिए।

प्रहरीका अनुसार आगलागी को १ ख ६२७४ नम्बरको बसबाट सुरु भएको देखिएको छ।

विराटनगर–धरान रुटमा चल्ने उक्त बसमा करिब एक महिनाअघि पनि गुडिरहेकै अवस्थामा आगलागी भएको थियो।

उक्त बस मंगलबार राति करिब ९ बजे ग्यारेजमा पार्किङका लागि प्रवेश गरेको र त्यसको झण्डै आधा घण्टापछि, करिब साढे ९ बजे आगलागी सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनाबारे प्रहरीलाई भने करिब १० बजेतिर मात्रै जानकारी पुगेको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com