काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई हालै सम्पन्न आम निर्वाचनमा पार्टीले हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाई दिएका छन्।
प्रधानमन्त्री शरीफले पठाएको बधाई सन्देशमा नेपाली जनताले दिएको जनादेश नयाँ र ऊर्जावान नेतृत्वप्रतिको विश्वासको प्रतीक भएको उल्लेख गरिएको छ।
सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता तथा सहकार्यलाई अझ मजबुत बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको बताएका छन्। यो जानकारी काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले दिएको हो।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया