काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–४ मा बुधबार जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–२ निवासी २८ वर्षीय अमरलाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोशी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको मधेश प्र.०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक अमरलाल साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्की घाइते पुष्पा साहलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ। जिप चालक २६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया