काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २ हजारले घटेर आज एक तोला बराबर तीन लाख १७ हजार रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको मुल्य तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया