चितवन । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार सोविता गौतमले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा सार्वजनिक गरेकी छन्।
जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको विवरणअनुसार उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार गरेको सम्पूर्ण खर्च खुलेको छ।
उपलब्ध विवरणअनुसार मनोनयन दर्तामा ५ हजार रुपैयाँ, प्रचार–प्रसार सामग्रीमा २ लाख ९६ हजार ८ सय रुपैयाँ खर्च भएको देखिन्छ। मतदाता प्रशिक्षणका लागि १ दिनमा २० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
त्यस्तै, नमूना मतपत्र र घोषणा पत्र छपाइमा ६८ हजार २ सय रुपैयाँ, २८ वडामा गरिएको वडा–स्तरीय प्रचार–प्रसारमा १ लाख ८ हजार रुपैयाँ खर्च भएको छ।
सवारी साधन र चालक व्यवस्थापनमा १५ दिनका लागि ३ लाख २५ हजार रुपैयाँ, सचिवालय प्रयोजनको स्टेशनरीमा २३ हजार ४ सय ४५ रुपैयाँ र खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यसरी उम्मेदवार सोविता गौतमले निर्वाचन अवधिभर गरेको कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ पुगेको जनाएको छ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया