काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

सुर्खेतमा १६ वर्षीय बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको उल्लेख गर्दै

advertisement

उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा  समवेदना व्यक्त गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्,

‘घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com