काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं–६ क्षेत्रका निर्वाचित प्रतिनिधिसभा सदस्य उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

उनले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।

advertisement

उक्त विवरण अनुसार शिशिर खनालले १२ वटा विभिन्न शीर्षकमा खर्च सार्वजनिक गरेका छन्। सबैभन्दा बढी खर्च छापा र प्रचार–प्रसार सामग्रीमा भएको उल्लेख छ, जहाँ २ लाख ६ हजार ३६ रुपैयाँ खर्च भएको जनाइएको छ।

त्यस्तै, दोस्रो धेरै खर्च यातायातमा भएको छ। यातायात शीर्षकमा खनालले १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च गरेको विवरण आयोगमा पेश गरेका छन्।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com