काठमाडौं । राजस्थानको ग्रामीण जयपुर नजिकैको मोखमपुरा क्षेत्रमा श्रीमती र ८ वर्षीया छोरी घटनाले स्थानीयहरूलाई स्तब्ध पारेको छ। भारतीय मिडियाका अनुसार एक पुरुषले आफ्नी श्रीमती र ८ वर्षीया छोरी लाई तरवारले हानी हत्या गरेका छन्।

घटना बिहीबार बिहान करिब ६ बजे मोखमपुरा प्रहरी चौकी क्षेत्रअन्तर्गत बिचुन गाउँमा भएको थियो। अभियुक्त सुरजित ले आफ्नी श्रीमती सरोज देवी र छोरी वंशिका माथि आक्रमण गरेका थिए। आक्रमण यति घातक भएको थियो कि दुवै घटनास्थलमै मृत्यु भयो।

advertisement

आरोपी भाग्नुको सट्टा सिधै मोखमपुरा प्रहरी चौकी पुगेर घटना बारे जानकारी दिए। प्रहरी अधिकारीहरू घटनाको विवरण सुनेर स्तब्ध भए। प्रहरीले घटनास्थलको निरीक्षण गरी शव डुडु उप–जिल्ला अस्पतालको शवगृहमा राखेको छ। एफएसएल टोलीले घटनास्थलबाट महत्वपूर्ण प्रमाण सङ्कलन गरेको छ।

मोकमपुरा प्रहरी चौकीका अधिकारी सुरेश गुर्जर का अनुसार प्रारम्भिक अनुसन्धानले पति-पत्नीबीच घरेलु झगडा र आर्थिक समस्याका कारण विवाद बढेको देखिएको छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन सबै पक्षको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com