काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा ले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कमल थापा ले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन्।
उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन्।
थापाले लेखेका छन्, ‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ।’
नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले यसअघिदेखि नै संविधान संशोधनमार्फत देशलाई पुनः हिन्दूराष्ट्र बनाउने माग गर्दै आएको छ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया