एजेन्सी । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच बिहीबार बिहान कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल क्षेत्रलाई लक्षित गर्दै आएका केही ड्रोनका कारण त्यहाँका केही संरचनामा भौतिक क्षति पुगेको छ।

सरकारी समाचार संस्था कुवेत समाचार एजेन्सीले सार्वजनिक गरेको वक्तव्य अनुसार उक्त ड्रोन आक्रमण बाट कुनै मानवीय क्षति भने भएको छैन।

advertisement

सुरक्षाको कारण देखाउँदै विमानस्थलले यसअघि नै व्यावसायिक उडानहरू स्थगित गरिसकेको थियो भने कुवेतको आकाशमार्ग पनि अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावकै बीच यो घटना भएको हो। पछिल्ला दिनहरूमा इरानले क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै प्रतिकारात्मक आक्रमण तीव्र बनाएको बताइएको छ। त्यसक्रममा इराकी जलक्षेत्रमा रहेका दुई विदेशी तेल ट्यांकरमाथि पनि हमला भएको खबर आएको थियो।

यता ओमानमा इन्धन भण्डारण ट्याङ्कमा आगलागी भएको छ, जहाँ आपत्कालीन टोलीले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्। त्यस्तै बहराइनले पनि बिहीबार बिहान आफ्नो देशका इन्धन ट्याङ्कहरूलाई लक्षित गर्दै इरानी आक्रमण भएको दाबी गरेको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com