काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएकाे हाे ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले २० सिट पाउँदा नेकपा एमालेले १६ सिट पाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान ४ सिट पाएका छन् ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत(९६.०५ प्रतिशत) मत सदर भएको थियो ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया