काठमाडौं । गएराति आएको हुरीका कारण रुख ढल्दा हल्दिबारीमा एक किशोरीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार उनी आफ्नै घरमा सुतिरहेका बेला हुरीले ढालेको रुख घरमाथि खसेर किच्दा मृत्यु भएको हो।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया