काठमाडौँ । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का सबै खेल खेल्ने निश्चित भएका छन्।

चेन्नई सुपर किंग्सका मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले धोनी यस सिजनका लागि पूर्ण रूपमा तयार रहेको र टोलीले उनलाई सबै खेलमा खेलाउनेमा विश्वस्त रहेको जानकारी दिएका छन्।

advertisement

पछिल्ला केही सिजनदेखि धोनीको सन्न्यासबारे विभिन्न अड्कलबाजी भइरहेका थिए। ४४ वर्षीय धोनीले आफ्नो फिटनेस र खेलप्रतिको लगाव कायम राख्दै अर्को सिजनका लागि आफूलाई उपलब्ध गराएका छन्।

अघिल्लो सिजनमा पनि धोनीले ब्याटिङ गरेका थिए। घुँडाको चोटका बाबजुद पनि आवश्यक पर्दा मैदानमा उत्रिएर टोलीलाई योगदान दिएका उनी यसपटक पूर्ण रूपमा स्वस्थ भएर खेल्न तयार छन्।

आईपीएल २०२६ को तालिका सार्वजनिक भएपछि धोनीको प्रदर्शनप्रति दर्शक र क्रिकेट प्रेमीहरूमा चासो बढेको छ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com