काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

लामिछानेले समाजिक सञ्जालमार्फत ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

advertisement

सभापति रवि लामिछाने ले सामाजिक सञ्जालमा लेखेका छन्-   ‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ। यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

ओलीका बुवा मोहनप्रसादको शुक्रबार बिहान निधन भएको हो। उनको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

उनको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो। अस्पतालका अनुसार केही समययता मोहनप्रसाद अस्वस्थ थिए।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com