काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाउने तयारी गरेको छ। बैठक आज बस्ने भए पनि यसको समय र स्थान भने अझै तय गरिएको छैन।

बैठकको समय र स्थान सभापति रवि लामिछाने को स्वास्थ्य अवस्था हेरेर निर्धारण गरिने जनाइएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिस लगायतका विषय कार्यसूचीमा समेटिनेछ।

advertisement

यसका साथै वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com