काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज (शनिबार) बस्ने तय भएको छ।बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने विषयमा छलफल हुने छ।
निर्वाचन आयोगले समानुपातिक सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्म समय तोकेको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया