काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने तय गरिएको छ। यसअघि आजका लागि बोलाइएको बैठक स्थगित गर्दै भोलि बिहानका लागि सारिएको हो।
पार्टी निकट स्रोतका अनुसार बैठक बिहान १० बजे वनस्थली स्थित पार्टी कार्यालयमा आयोजना हुनेछ। रास्वपा को सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फका उम्मेदवारहरूको सिफारिससम्बन्धी विषयलाई मुख्य कार्यसूचीका रूपमा राखिएको छ।
यसका अतिरिक्त बालेन शाह लाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक प्रक्रिया र रणनीतिबारे पनि बैठकमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया