काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नियोजित रूपमा दोषी देखाउने प्रयास गरिए देशमा गम्भीर राजनीतिक संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अध्यक्ष ओलीमाथि लगाइँदै आएका आरोपहरू आधारहीन रहेको दाबी गरे। कार्की आयोगको प्रतिवेदनलाई आधार बनाएर सरकारले ओलीविरुद्ध कारबाही गर्ने प्रयास गरे एमाले त्यसप्रति मौन बस्न नसक्ने उनले स्पष्ट पारे।

advertisement

बस्नेतले भने, ‘हाम्रा अध्यक्षलाई दोषी ठहर गर्ने कुनै प्रमाण छैन। यदि प्रतिशोधका भावनाबाट प्रेरित भएर पक्राउ गर्ने वा जेल हाल्ने प्रयास गरियो भने त्यसले देशलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न सक्छ।’

महेश बस्नेतले सरकारलाई चेतावनी दिँदै गलत प्रतिवेदनको आधारमा कुनै निर्णय लिइए त्यसको जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने बताए।

बस्नेतका अनुसार आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका आधारमा मात्र ओलीलाई दोषी ठहर गर्नु तर्कसंगत होइन। उनले विगतका विभिन्न आन्दोलन र द्वन्द्वकालीन घटनाहरूको उदाहरण दिँदै त्यतिबेला सत्ता सम्हालेका नेताहरूलाई कानुनी कारबाही नभएको उल्लेख गरे।

उनले भने, ‘२०४६ सालको आन्दोलन र २०६२/६३ को जनआन्दोलनका बेला मरिचमान सिंह, सूर्यबहादुर थापा र कमल थापाजस्ता नेता सरकारमा थिए। जनयुद्धका क्रममा १७ हजार मानिसको ज्यान गयो, बालकुमारी घटनामा युवाहरू मारिए, जेलबाट भाग्ने क्रममा १० जनाको मृत्यु भयो र अन्य घटनामा २१ जनाले ज्यान गुमाए। के ती सबै घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही गरिएको थियो ?’

 

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com