काठमाडौं । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ। उनको शव आज नरहरिनाथ -२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो।
उनी बिहीबार खाना खाएर घरबाट निस्किनुभएको थियो। त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ। आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए। ‘उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो। यसबारे घटनाको अनुसन्धान भइरहेको छ’, उनले भने।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया