काठमाडौं । गोरखा जिल्लाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रु सवार विद्युतीय (ईभी) माइक्रोबस दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

प्रहरीका अनुसार माइक्रोमा जम्मा १५ जना भारतीय नागरिक सवार थिए। दुर्घटनापछि घटनास्थलमै ७ जनाको ज्यान गएको पुष्टि भएको छ। बाँकी ८ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।

advertisement

घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका एक जनालाई थप उपचारका लागि भरतपुरस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com