काठमाडौँ । प्रतिनिधि सभामा नेपाली कांग्रेसले पाउने सदस्यहरूको संख्या निर्धारण भएपछि त्यसको टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ।
बैठक आज दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट पार्टीले प्राप्त गरेको २० सिटमा प्रतिनिधि सभाका सदस्यहरूको नाम छनोट गर्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ।
कांग्रेसले प्रत्यक्षतर्फ भने १८ सिट मात्र जितेको छ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार












प्रतिक्रिया