काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् वा छैनन् भन्नेबारे शंका व्यक्त गरेका छन्।

शनिबार एनबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थाबारे प्रश्न उठाएका हुन्। मोज्तबा, मारिएका पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुन्।

advertisement

ट्रम्पले बिबिसीसँगको कुराकानीमा भने, “मलाई थाहा छैन उनी जीवित छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई सार्वजनिक रूपमा देखाउन सकेको छैन।”

बिहीबार खामेनीले क्यामेरामा भिडियो सन्देश दिनुको सट्टा लिखित रूपमा आफ्नो पहिलो वक्तव्य जारी गरेका कारण ट्रम्पले यस्तो शंका व्यक्त गरेको देखिन्छ।

ट्रम्पले थप भने, “मैले सुन्दैछु कि उनी जीवित छैनन्। र यदि उनी जीवितै छन् भने पनि उनले आफ्नो देशका लागि निकै बुद्धिमानी निर्णय गर्नुपर्छ, त्यो भनेको आत्मसमर्पण हो।”

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com