काठमाडौं । निर्वाचनबाट आरामदायी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्ना समानुपातिक सांसद हरुको टुंगो लगाउँदै छ । पार्टीको सचिवालय बैठक बसेर निर्वाचन आयोगले दिएको कोटा अनुसार सांसदहरु सिफारिस गर्न लागिएको हो ।

रास्वपाले समानुपातिकमा ५७ सिट जितेको छ, जसमा ४८ जना महिला र ९ जना पुरुष सांसदहरु निर्वाचन गर्नुपर्ने हुन्छ । समानुपातिक सांसद छनोटका लागि हिजो सचिवालय वैठक डाकिएको भए पनि सभापति रवि लामिछानेको अस्वस्थताका कारण आजका लागि सारिएको थियो । आज १०ः३० बजेबाट पार्टी कार्यालय घन्टीघरमा बैठक सुरु हुँदैछ ।

advertisement

राष्ट्रिय मान्यताप्राप्त पाचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिक सांसदछान्न आजै कार्यसम्पादन समितिको बैठक डाकेको छ । पार्टी कार्यालयमा ११ बजेदेखि बैठक सुरु हुने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com