काठमाडाैं । इरानका विदेशमन्त्री अब्बास अराघची ले एक अमेरिकी सञ्चार माध्यमसँगको अन्तर्वार्तामा होर्मुज जलडमरू पूर्ण रूपमा बन्द नभएको बताएका छन्।
अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय समुद्री मार्ग बन्द गरेको रूपमा चित्रण गर्न खोजिरहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। इरान सम्पूर्ण विश्वको विरुद्धमा उभिएको भन्ने धारणा सिर्जना गर्न खोजिएको उल्लेख गर्दै उनले यो समुद्री मार्ग अमेरिकी र इजरायली जहाजहरूका लागि मात्र बन्द गरिएको बताए।
अन्तर्वार्ताका क्रममा अराघचीले इरानको खार्ग टापु मा भएको अमेरिकी आक्रमणको पनि चर्चा गरे। उनले त्यहाँ प्रहार गरिएका केही क्षेप्यास्त्रहरू संयुक्त अरब इमिरेट्स बाट प्रहार गरिएको दाबी गरे।
उनका अनुसार ती क्षेप्यास्त्रहरू नागरिक बस्तीको अत्यन्त नजिकबाट प्रहार गरिएकाले निकै खतरनाक अवस्था सिर्जना भएको थियो।
अब्बास अराघची ले इरानविरुद्ध आक्रमण भएका स्थानहरूबाट आफूहरूले बदला लिन सक्ने चेतावनी समेत दिएका छन्। साथै, इरान आफ्ना छिमेकी देशहरू वा सम्पूर्ण विश्वसँग युद्ध चाहँदैन भन्ने स्पष्ट पार्दै इरान सबैको विरुद्धमा लडिरहेको भन्ने दाबी गलत भएको उनले जिकिर गरे।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया