काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकोमूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनचाँदीको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया