काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गर्ने महान्यायाधीवक्ताको निर्णयविरुद्ध परेको रिट निवेदन माथि आजदेखि सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतमा आज न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको पहिलो नम्बरमा पेशी तोकिएको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिट निवेदनलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो। आदेशमा हेर्न नमिल्ने गरी पेसी नतोक्न र बिचमा स्थगन पनि नगर्न भनिएको छ।
सहकारी ठगी मुद्दा खेपिरहेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि लागेको थियो। तर सरकारले यो मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया