एजेन्सी । इजरायलका लागि सूचनादाता (इनफर्मेन्ट) का रूपमा काम गरेको आरोपमा इरानले २० जनालाई पक्राउ गरेको छ । इरानको उत्तर पश्चिमी वेष्ट अजरबैजान प्रान्तमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।

सरकारी समाचार संस्था तास्निम न्युज एजेन्सीका अनुसार स्थानीय अभियोजक कार्यालयले जारी गरेको वक्तव्य उद्धृत गर्दै उनीहरूलाई इजरायलसँग सहकार्य गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।

वक्तव्यमा ती व्यक्तिहरूले इरानका सैन्य, प्रहरी तथा सुरक्षा संरचनासम्बन्धी स्थानको विवरण इजरायललाई पठाएको आरोप लगाइएको छ । अभियोजक कार्यालयका अनुसार जायोनिस्ट शासनसँग सम्बन्धित भाडाका सञ्जालहरू विरुद्ध कारबाही गर्दै अदालतको आदेशमा २० जनालाई पक्राउ गरी हिरासतमा राखिएको हो ।

advertisement

यसैबिच अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गत साता प्रकाशित रिपोर्टमा इजरायलले इरानमाथि आक्रमणको नयाँ चरण सुरु गरेको र जमिनमा रहेका सूचनादाताबाट प्राप्त जानकारीका आधारमा सुरक्षा चौकीहरूलाई लक्षित गरिएको जनाएको थियो ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com