काठमाडाैं । काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८ सय ४० रूपैयाँ सहित  शनिबार राति प्रहरीले २ जना पक्राउ गरेको छ ।

२ जना पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२-०५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउगरेको हो ।

advertisement

 

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com