काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक डाकेकी छन् ।

अहिले ३ बजे बस्ने बैठकमा जेन-जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

advertisement

आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाउन मन्त्रिपरिषद् बैठक डाकिएको प्रधानमन्त्रीनिकट स्रोतले नेपाल प्रेसलाई बतायो ।

यो पनि:

एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ३ सदस्य आयोगले गत फागुन २४ गते प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएको छ ।

करिब १ साताको अध्ययनपछि आज मन्त्रिपरिषद् बैठकमा औपचारिकरूपमा प्रतिवेदन लैजान लागिएको हो ।

प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्की सरकारको तयारी छ ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com