काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका अनुसार उक्त कार्यक्रम मंगलबार र बुधबार दुई दिनसम्म सञ्चालन गरिनेछ।
नयाँ सांसदहरूलाई संसद्को काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण तथा कार्यदिशाबारे जानकारी गराउने र काममा एकरूपता कायम गर्न प्रशिक्षण दिन सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रशिक्षण कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक जनमत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १२५ जना सांसद निर्वाचित भएका छन् भने समानुपातिकतर्फ ५७ जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ सिफारिस भएका सांसदहरूलाई भने निर्वाचन आयोगले अझै प्रमाणपत्र प्रदान गर्न बाँकी छ।
प्रत्यक्ष र समानुपातिक गरी रास्वपाबाट कुल १८२ जना सांसद निर्वाचित भएका छन्। उनीहरूलाई लक्षित गर्दै पार्टीले दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार













प्रतिक्रिया