काठमाडाैं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक सोमबार भएको ड्रोन आक्रमणपछि अन्तराष्ट्रिय उडान अस्थायी रुपमा बन्द भएको छ । इरानले गरेको ड्रोन आक्रमणपछि विमानस्थलमा आगो फैलदा संसारकै व्यस्त विमानस्थलमा उडान बन्द भएको हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थल मा लागेको आगो नियन्त्रणमा लिइएको छ भने घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।
दुबई मिडिया अफिसका अनुसार विमानस्थल आसपास क्षेत्रमा भएको ड्रोन आक्रमणले इन्धन भण्डारण ट्याङ्कमध्ये एउटामा असर गरेको थियो। घटनापछि केही समयका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरिएको जनाइएको छ । एमिरेट्स एयरलाइन्सले पनि सामाजिक सञ्जाल एक्समार्फत दुबई आउने र जाने उडानहरू अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ ।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रका देशहरूले दुई हजारभन्दा बढी मिसाइल तथा ड्रोन आक्रमण सामना गरेका छन्। ती आक्रमणहरूको लक्ष्य अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डासँगै खाडी क्षेत्रका महत्वपूर्ण तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत रहेका छन् ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार













प्रतिक्रिया