काठमाडाैं । लमजुङस्थित बेसीसहर नगरपालिका- १ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् ।

लमजुङस्थित बेसीसहर नगरपालिका- ११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए ।

advertisement

उनले भने, “मृतक धनबहादुरको छोरा दीपक सिलवालले शवको पहिचान गर्नुभएको छ ।” मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन परेको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ ।

उनकाअनुसार सो दिन घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको थियो । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धनबहादुरको शवपरीक्षणका लागि प्रदेश अस्पताल बेसीसहरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com