काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन बारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।
जेनजी प्रदर्शन मा सहभागी युवाहरूले ‘प्रतिवेदन खै?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेनजीको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले सरकारले घटनाको छानबिनका लागि आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका थिए।
जेनजी समूहले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरेको भन्दै प्रदर्शनकारी युवाहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया