काठमाडौं। निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सांसद पाएका कुनै पनि दलले पठाएको सूची नबिग्रिएको बताएको छ ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगमा सूची पेस गरेका कुनै पनि दलको सूची नबिग्रिएको जानकारी दिए ।

advertisement

‘हामीले दलहरूले पठाएका सूची अध्ययन गरिरहेका छौँ । सबै दलले क्लस्टर मिलाएर सूची पठाएका छन् ।

कसैको बिग्रेको छैन,’ भट्टराईले रातोपाटीसँग भने ।
उनले आफूहरूले सूची रुजु गरिरहेको र सोमबार साँझसम्म सूची प्रकाशित गर्ने तयारी गरिरहेको जानकारी पनि भट्टराईले दिए ।

समानुपातिकतर्फ ६ पार्टीले सांसद बनाउन पुग्ने मत ल्याएका थिए ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम सस्कृति पार्टीले ४/४ सिट पाएका छन् ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com