काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने संकेत दिएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
पत्रकारहरूले सोधे—“के यो हप्तै युद्ध समाप्त हुन सक्छ?”—ट्रम्पले जवाफ दिए, “हो, बिल्कुल।” तर फेरि सोधिएको प्रश्नमा कि युद्ध साँच्चिकै यही हप्तामा अन्त्य हुनेछ कि छैन, उनले भने, “मलाई त्यस्तो लाग्दैन, तर यो चाँडै हुनेछ। धेरै समय लाग्दैन।”
ट्रम्पले इरानको मिसाइल आपूर्ति ठूलो मात्रामा नष्ट भइसकेको र युद्ध सुरु हुनु अघि भन्दा हाल निकै कमजोर भएको दाबी पनि गरे।
साथै, उनले बेलायत र नेटोका सदस्य राष्ट्रहरूको आलोचना गर्दै भने कि यी देशहरूले युद्धको समयमा अमेरिकालाई सहयोग गर्न हिचकिचाइरहेका छन्। तर केही देशहरूले स्ट्रेट अफ होर्मुजको सुरक्षासम्बन्धी अमेरिकी योजनामा सहयोग गर्दै आएको पनि ट्रम्पको दाबी छ। यद्यपि उनले ती देशहरूको नाम खुलाएका छैनन्, तर दक्षिण कोरिया र चीन जस्ता राष्ट्रहरूले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया