काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रूपैयाँ कायम भएको छ ।
सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रहेको थियो ।
यस्तै, चाँदीकाे मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रूपैयाँ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ रूपैयाँ रहेको थियो ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया