सुर्खेत। गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत र उनकी ११ वर्षीया छोरी आशा कठायतको शव फेला परेको छ । आइतबार बिहानदेखि दुई छोराछोरीसहित हराएकी मायाको शव सोमबार बेलुका लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको शव मंगलबार बिहान गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पाँच वर्षीय छोरा दीपक कठायत भने अझै बेपत्ता छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ । डीएसपी मोहनजंग बुढाथापाका अनुसार घटनाको अनुसन्धान जारी छ । शवहरूको पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

advertisement

माया आइतबार बिहान छोराछोरीसहित घरबाट निस्किएकी थिइन् । उनीहरू नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । घटनाको कारणबारे प्रहरीले अहिलेसम्म केही खुलासा गरेको छैन । घटनास्थल तथा शव फेला परेको विवरणले आत्महत्या वा अन्य कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरीले घटनाको थप विवरण संकलन तथा छोरा दीपकको खोजीमा प्राथमिकता दिएको छ । स्थानीयवासी तथा परिवारले पनि छिट्टै सत्यतथ्य बाहिर आउनुपर्ने माग गरेका छन् ।

 

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com