काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्याल ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा र विश्वासकै कारणले ठूलो जनमत प्राप्त भएको बताएका छन्।
पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै जनमतले जिम्मेवार र गम्भीर बनाएको बताए।
डीपी अर्याल ले भने, ‘खसेको मतको ७० प्रतिशत एउटै पार्टीले पाउनु भनेको संसारका निर्वाचनमा विरलै मात्रामा देखिन्छन्। यो मौका हामीलाई त्यतिकै आएको छैन। हामीले गम्भीर रूपमा लिएर जानुपर्नेछ।’
उनले रास्वपाले अनुशासित समाज निर्माण गर्नुपर्ने बताए। उनले थपे, ‘यो गम्भीर मोडमा बन्न लागेको सरकार र हामीले पाएको जिम्मेवारी साँच्चिनै महत्त्वपूर्ण छ। जेनजी पुस्ताले हामीलाई जहाँ भएपनि नियालिरहेका हुन्छन्। हाम्रो लगनशीलता र क्षमतालाई नेपाली जनता र यो देशको लागि सुम्पिनुपर्नेछ। यो इतिहास लेख्ने सुवर्ण अवसर हो। इतिहास पढ्ने मात्रै होइन, लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौँ भने हामी आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार
प्रतिक्रिया