काठमाडौं । भक्तपुरको डोलेश्वर क्षेत्रमा रहेको डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले सार्वजनिक शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न लागिएको जनाएको छ।
कम्पनीको आज सम्पन्न विशेष साधारण सभाले जारी पूँजीको ३० प्रतिशत बराबर १६,२०,००० कित्ता साधारण शेयर, प्रति कित्ता रु. १०० दरले सर्वसाधारणमा वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
वि.सं. २०७६ सालदेखि सञ्चालनमा रहेको डोलेश्वर भिलेज रिसोर्ट करिब १० रोपनी क्षेत्रमा फैलिएको छ। चारतारे स्तरको होटेलमा स्तरोन्नति भइरहेको यो रिसोर्ट आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सफल भएको छ। प्राकृतिक सुन्दरतासँगै आधुनिक सुविधा सहितको आरामदायी बसोबास, विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि उपयुक्त स्थलको रूपमा परिचित यस रिसोर्ट डोलेश्वर महादेव मन्दिरबाट करिब २०० मिटरको दूरीमा अवस्थित छ।
आईपिओ निष्कासनका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। साथै, केयर रेटिङ नेपालले कम्पनीलाई बि प्लस रेटिङ प्रदान गरेको छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया