काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद्मा विपक्षी दलको पूर्ण रूपमा अभाव हुनुपर्ने धारणा गलत भएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता मिनेन्द्र रिजालले लोकतन्त्रमा सशक्त विपक्षीको उपस्थिति अनिवार्य हुने भन्दै यस्तो दृष्टिकोण लोकतान्त्रिक अभ्याससँग मेल नखाने बताए।
यो प्रतिक्रिया उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल द्वारा नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा राखिएको ‘आगामी संसद्मा विपक्षी दल नहोस्’ भन्ने धारणा पछि दिएका हुन्।
नेता रिजालले भने, ‘सरकारले राम्रो काम गरोस् भन्ने चाहना स्वाभाविक हो, तर ‘सरकार राम्रो चलोस् तर विपक्षी नरहोस्’ भन्ने सोच गलत र लोकतन्त्र विरोधी हो।’
उनी विपक्षीको भूमिका सशक्त राख्न आवश्यक रहेकोमा जोड दिँदै सरकार र विपक्षीबीच स्वस्थ संवाद र समन्वय आवश्यक रहेको बताए।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया