काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा जारी सुनुवाइ अब बिहीबार टुंगिने भएको छ।

advertisement

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग हटाई सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम राख्न स्वीकृति दिएकी थिइन्। उक्त निर्णय उनले लामिछानेमाथि राजनीतिक प्रतिशोध गरिएको भन्ने दाबी तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ लाई आधार बनाएर लिएकी थिइन्।

यस निर्णयपछि पोखरा, काठमाडौँ, पर्सा, चितवन र रूपन्देहीका सरकारी वकिल कार्यालयहरूले अभियोगपत्र संशोधनका लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएका थिए।

तर, महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि कास्की र रूपन्देही जिल्ला अदालतले ती संशोधनसम्बन्धी निवेदनमा तत्काल कुनै निर्णय नगर्न आदेश दिएका छन्।

महान्यायाधिवक्ताको उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट दर्ता भएका छन्, जसको सुनुवाइ अहिले जारी रहेको छ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com