काठमाडाैं । डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ।

बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नं. को बोलेरो जिप दुर्घटनामा जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

advertisement

जिप दुर्घटना मा परेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेस बिनाडी र डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका १७ वर्षीय नरेश साउद गम्भीर घाइते भएका छन्। दुवैको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, दुर्घटनामा परि कैलालीको गौरीगंगा नगरपालिका–९ बस्ने चालक २८ वर्षीय सन्तोष सापकोटा र अछामकप ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको जनाइएकाे छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com