काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी का महामन्त्री कविन्द्र बुर्लाकोटी ले सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन्।

ललितपुरमा पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सांसदहरूले शपथ लिएपछि मात्र प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुने स्पष्ट पारे।

advertisement

उनका अनुसार सांसदहरूको शपथ लगत्तै बस्ने संसदीय दलको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता चयन गर्नेछ।

त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइने उनले बताए।

महामन्त्री बुर्लाकोटीले रास्वपाले निर्वाचनअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको स्मरण गराउँदै सोही योजनाअनुसार दलको नेतृत्व चयन गरिने बताए।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले उल्लेखनीय सफलता हासिल गर्दै दुई तिहाइ नजिक १८२ सिट जितेको छ।

यससँगै नयाँ सरकार गठनको तयारी तीव्र बनाइएको बताइएको छ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com