काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको हो।
सिन्धुली–१ का नेकपा (एमाले) उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर–२ का एमालेकै उम्मेदवार अम्बरबहादुर रायमाझीले निर्वाचन आयोगको निर्णय बदर गरी आफूहरूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्। उनीहरूले दुवै जना उम्मेदवार कालोसूचीमा परेकाले निर्वाचनमा अयोग्य भएको दाबी गरेका छन्।
रिट निवेदनमा आयोगको निर्णय खारेज गर्न, आफूहरूलाई विजयी घोषणा गर्न तथा सम्बन्धित सांसदको शपथ ग्रहण रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
उक्त रिटमाथि सर्वोच्च अदालतले आगामी चैत २५ गते सुनुवाइ गर्ने मिति तय गरेको छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया